जर्मनी चिकित्सक टोलीले गरे नर्भिक अस्पतालमा अवलोकन

काठमाडौं । जर्मनीका विभिन्न अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकको एक टोलीले मंगलबार थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालको अवलोकन भ्रमण गरेको छ ।
बिदा मनाउन नेपाल आएका जर्मनीका ६० विभिन्न विशेषज्ञ चिकित्सकले नर्भिक इन्टरनेशनल अस्पतालको अवलोकन गरेका हुन् । जर्मनीका चिकित्सकको टोलीलाई नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले खादा लगाएर स्वागत गरेका थिए ।
नर्भिकको व्यवस्थापन टोलीले जर्मनी चिकित्सकलाई अस्पतालले प्रवाह गर्दै आएको आकस्मिकदेखि सघन उपचारसम्मका सेवाको विषयमा स्थलगत अवलोकन गराई जानकारी दिएको थियो ।
सो क्रममा नर्भिक अस्पतालको इमेरजेन्सी विभागका इञ्चार्ज ओमर प्रधानले अस्पतालले आकस्मिक हवाई उद्धार सेवा सञ्चालन गरिरहेको र काठमाडौँस्थित अन्तराष्ट्रिय विमानस्थलबाट निकै छोटो समयमै अस्पतालसम्म बिरामीलाई ल्याएर आकस्मिक सेवा दिने व्यवस्थापन मिलाइएको लगायतका विषयमा जानकारी दिएका थिए ।
नर्भिकका अधिकारीले अस्पतालले अन्तर्राष्ट्रिय क्षेत्रका बिरामीको उपचार सेवामा पुर्याउँदै आएको योगदान, दिँदै आएको सेवालगायत विषयमा समेत टोलीलाई जानकारी गराएका थिए ।
टोलीमा सहभागी जर्मन चिकित्सकले नेपालमा समेत नर्भिक इन्टरनेशनल अस्पतालजस्तो आधुनिक अस्पताल रहेकोमा खुशी व्यक्त गर्दै नामजस्तै अस्पतालले प्रवाह गर्ने सेवा अन्तर्राष्ट्रिय स्तरकै रहेको पाइएको प्रतिक्रिया दिएका थिए ।











उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया