मंगलबार, माघ १३, २०८२

मोटरसाइकल चोरी गर्ने ६ जना पक्राउ

मेरोन्यूज २०७९ कार्तिक १ गते १८:१२

काठमाडौँ । प्रहरीले पर्साबाट चोरी गरिएका पाँच वटा मोटरसाइकलसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले वीरगञ्ज महानगरका विभिन्न स्थान र पर्साको पोखरिया नगरपालिकाबाट चोरिएका मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज १३ का सुमित कुशवाहा, वीरगञ्ज १२ का राजन मण्डल, अभय मण्डल, वीरगञ्ज ११ का नन्दन कुमार चौरसिया र वडा नम्बर १० का रिकी मण्डल रहेका छन् ।

यसैगरी पोखरिया नगरपालिका ६ का खरबुद आलमलाई प्रहरीले सखुवा प्रसौनी गाउँपालिका २ बाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता दीपक गिरीले बताए ।

प्रतिक्रिया