झापा पुगेका केपी शर्मा ओली बिरामी
मेरोन्यूज
२०७९ कार्तिक १ गते १९:१९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी भएका छन् । गृह जिल्ला झापा पुगेका उनी अस्वस्थ भएका हुन् ।
उनलाई ज्वरो, रुघाखोकी लागेपछि दमक ९ स्थित निवासमा आराम गरिरहेको एमाले नेता तथा झापा ५ (ख)का उम्मेदवार हिक्मत कार्कीले जानकारी दिए ।
प्रेस चौतारी झापाले मंगलबार साँझ ओलीसँग पत्रकार सम्मेलन राखेको थियो । यद्यपि, उनी विरामी भएपछि सम्मेलनमा जान नसकेको कार्कीले बताए । ओलीलाई ज्वरो आएपछि अन्य आन्तरिक कार्यक्रम तथा भेटघाट स्थगित गरिएको छ।
अध्यक्ष ओली एमालेको तर्फबाट झापा ५ को प्रतिनिधिसभा उम्मेदवार हुन् । उनी मंगलबार झापा पुगेका थिए । उनी झापामा बिहीबारसम्म रहने छन् ।
उनी आफ्नो निर्वाचन क्षेत्र र जिल्लाका अन्य कार्यक्रममा सहभागी हुन पुगेका थिए । अस्वस्थ भएपछि उनी सीधै दमकस्थित निवासमा गएका हुन् ।
सम्बन्धित
















अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पश्चिम नेपालबाट वर्षा सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
प्रतिक्रिया