अपूर्वक्षितिजलाई अदालत लगियो, इजलासले आजै बयान लिने

काठमाडौं । कमेडियन अपूर्वक्षितिज सिंहलाई काठमाडौं जिल्ला अदालतमा आज बयान लिईने भएको छ । उनलाई मंगलबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।
न्यायाधीश माधवप्रसाद मैनालीको इजलाशमा उनको बयान लिइने काठमाडौं जिल्ला अदालतका प्रवक्ता दिपक दाहालले जानकारी दिए। यस्तै आजै थुनछेक बहस समेत हुनसक्ने समेत दाहालले बताए ।
कमेडियन अपूर्वक्षितिज सिंहले गरेको स्ट्यान्डअप कमेडीले नेवा समुदायमाथि चोट पुगेको भन्दै चार वटा शीर्षकमा प्रहरी कार्यालयमा जाहेरी परेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरूद्धको अनुसन्धान सकेर सोमबार कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।
प्रतिवेदन बुझाउँदा अपूर्वलाई पनि उपस्थित गराइएको थियो। तारेखमा छुटेका उनलाई सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंले पुन हिरासतमा लियो।
भदौ १२ गते पक्राउ परेका अपूर्वलाई ११ दिन हिरासतमा बसेपछि कोरोना संक्रमण देखिएको थियो। त्यसपछि प्रहरीले भदौ २३ गते उनलाई हाजिर जमानीमा छाडेको थियो।
उनलाई सरकारी वकिलको सहमतिमा हाजिर जमानीमा छाडिएको थियो।
कमेडी क्याफेको आयोजनामा भएको स्ट्यान्ड-अप कमेडीको भिडिओ भदौ १० गते युट्युबमा हालिएको थियो।
















मध्यपूर्व युद्धः तनाव, वार्ता र अनिश्चितता
हाजिर जमानीमा अध्यक्ष ओली र नेता लेखक रिहा
झापामा ७ वर्षमा पनि ६ किमी सडक कालोपत्रे भएन
नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक
सुनचाँदीको मूल्य घट्यो, आज कारोबारको मूल्य कती ?
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया