शुक्रबार, पुष ११, २०८२

डेंगु संक्रमण पुष्टि भएका स्वास्थ्य राज्य मन्त्री केसीलाई आइसीयुमा राखियाे

मेरोन्यूज २०७९ कार्तिक ४ गते १३:१८


काठमाडौंः स्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री हीराचन्द्र केसीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । डेंगु संक्रमण पुष्टि भएपछि विर अस्पतालमा भर्ना भएका केसीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको हो । यसअघि केसीे टेकुस्थित शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए ।
वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले केसीको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । उनले भने, ‘उहाँको स्वास्थ्य अवस्था सुधार भइरहेको छ । एक दुइ दिन आइसीयूमै डाक्टरको निगरानीमा राख्छौं ।’

केसीलाई थप अव्जरबेसन गर्नुपर्ने भएकाले आइसीयूमा राखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । केसीको प्लेटलेस, हेमोग्लोवीन र सुगरको मात्रा सामान्य छ । चिकित्सकका अनुसार व्लडप्रेसरको मात्रा पनि ठिक छ ।

प्रतिक्रिया