जागिर छोडेर फूल खेती

लमजुङ / २०७१ सालमा पुष्प व्यवसायमा प्रवेश गरेकी हुमा गुरुङ ४० वर्षकी भइन् । बेसीशहर नगरपालिका २ गैरीस्थित सिप विकास प्रतिष्ठान गैरी क्याम्पसको प्रवर्द्धन शाखा प्रमुखको जागिर छोडेर फूल खेतीमा लागेकी हुन् । उनले मासिक २५ हजारको जागिर छाडेकी हुन् । अहिले गुरुङले पुष्प व्यवसायबाटै मासिक दुई लाख कमाउने बताउँछिन् ।
नर्सरीबाट बाह्रमासे दुई सय भन्दा बढी प्रजातिका फूलका बिरुवा र विभिन्न प्रजातिका बिरुवा बिक्री भएको छ ।
बेसीशहर नगरपालिका २ बोहोराबेसीमा पुष्प व्यवसाय गरेकी हुमा गुरुङलाई घाम उदाएदेखि अस्ताएसम्म फूलबारीमा काम गर्न भ्याइनभ्याई छ । ‘फूलको हेरचाहमै दिन बित्छ, बिहान उठेदेखि नै फूलमा पानी हाल्यो, गोडमेल गर्यो समय बितेको पत्तै हुँदैन । हुमा ५ वर्षदेखि पुष्प नर्सरी ब्यवसायमा रमाएकी छिन् ।
जिल्लामा एक मात्र पुष्प व्यवसाय सुरु गरेकी हुमाले जिल्लाको पुष्प व्यवसायलाई सम्भावनाको पेसाको रूपमा चिनाएकी छन् । गुरुङले बेसीशहर–२ बोहोराबेसीमा ६ रोपनी जमिनमा मौसमी तथा सदाबहार पुष्प नर्सरी व्यवसाय गरेकी हुन् । गुरुङले एक रोपनी जग्गामा सयपत्री जातको फूलको खेती गरेकी छन् । ५ रोपनी जग्गामा विभिन्न जातका फुल र विभिन्न जातका बिरुवाहरू रोपेकी छन् ।
५० लाख लगानीमा व्यावसायिक फूलखेती
फूलका बिरुवा खरिद तथा संरचना निर्माणका लागि झण्डै ५० लाख रुपैयाँ खर्च भइसकेको हुमाले बताइन् । उनले भनिन्, ‘ऋणधन गरेर लगानी गरे पनि जिल्लामै पहिलो नर्सरी भएकाले राम्रो कारोबार भएकोमा सन्तुष्ट मिलेको छ । मैले अपेक्षा गरेको भन्दा निकै राम्रो व्यापार भएको छ ।’ फूलको बिरुवा व्यवसायमा हुमाले दुई जनालाई रोजगारसमेत दिएकी छन् ।
६ लाख सयपत्रीको बिरुवा बिक्री

तीन महिनामा नै फुल्ने सयपत्रीका बिरुवा बिक्रीबाट हुमाले यसवर्ष ६ लाख रुपैयाँ आम्दानी गरेकी छन् । फूलको बिउ भने थाइल्यान्डबाट ल्याएको उनले बताइन् । ‘पहिले थोरै काम चलाउन बारीको कान्लातिर मात्र रोप्ने गरेको थिएँ, उनले भनिन्, ‘तीन वर्षबाट व्यावसायिक रूपमै खेती सुरु गरेको हुँ ।’ उनले फूलखेतीका लागि ठूलो मेहनत पनि आवश्यक नरहेको बताइन् ।
नर्सरीबाट तिहारका लागि एक लाख बढीको फूल बिक्री गर्ने बताइन् । हुमाले एक रोपनी जग्गा भाडामा लिएर सयपत्री खेती गरेकी छन् ।
फूलले बजार पाउँदा हर्षित
आफ्नो नर्सरीमा उत्पादन भएको फुलले बजार पाउँदा उनी निकै खुसी छिन् । फूल राम्रो देखेर जिल्लामा आयोजना हुने जुनसुकै कार्यक्रममा पनि फूलका लागि निरन्तर फोन आउने उनी बत्ताउँछिन् । ‘यसरी आएको फोन र फूलले बजार पाउँदा पुष्पव्यावसायमा अझ उत्साहित बनाएको छ । ’
सार्वजनिक कार्यक्रममा खादा भन्दा मालाको माग बढ्दो छ’ हुमाले भनिन्, ‘उत्पादनले बजार नपाउने चिन्ता छैन, मागअनुसार पुर्याउनै सकेको छैन ।


















इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया