ओटीटीमा अड्किए नवाजुद्दिनका ७ फिल्म
मुम्बई । अभिनेता नवाजुद्दिन सिद्दिकीले बलिउडमा आफ्नो मिहेनतले पहिचान बनाए । उनी हरेक फिल्ममा शतप्रतिशत काम दिन्छन् । जसको परिणाम दर्शकले स्क्रिनमा हेर्न पाइरहेका छन् । कुनै समय ओटीटी प्लेटफर्मममा पनि रुचाइएका यी अभिनेताका ७ फिल्म अहिले ओटीटीमै पेन्डिङ छन् ।
ओटीटीले उनका फिल्म रिलिज गर्न आनाकानी गरेपछि कतै उनलाई ओटीटीले प्रतिबन्ध त लगाएको छैन भन्ने चर्चा सामाजिक सञ्जालमा छ ।
कोरोना समयमा ओटीटी प्लेटफर्म लोकप्रिय बन्यो । कैयौं फिल्म ओटीटीमा रिलिज भए र दर्शकको माया पाए । ओटीटीका मालिक पनि थिएटरमा रिलिज भएका फिल्ममाथि पैसा लगानी गरिरहेका छन् । तर, नवाजुद्दिनको हकमा भने उनका फिल्ममा लगानी गरे पनि रिलिजको मामलामा भने मौन छन् ।
हालैमात्र नवाजुद्दिनलाई सञ्चारमाध्यमले ओटीटीमा फिल्म रिलिज रोकिएका विषयमा प्रश्न सोधेका थिए । ‘इमान्दारिताका साथ भन्नुपर्दा फिल्मको काम पूरा गरेपछि म त्यसमा ध्यान दिन्नँ । मेरो काम हो अभिनय गर्नु, त्यो भन्दा अगाडि म केही जान्दिनँ,’ उनले भनेका छन् ।
उनको फिल्म ‘अद्भुत’, ‘टीकू वेड्स शेरु’, ‘बोलें चुडियाँ’ र ‘नूरानी चेहरा’ जस्ता फिल्म ओटीटीमा पेन्डिङमा छन् ।















हाजिर जमानीमा अध्यक्ष ओली र नेता लेखक रिहा
झापामा ७ वर्षमा पनि ६ किमी सडक कालोपत्रे भएन
नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक
सुनचाँदीको मूल्य घट्यो, आज कारोबारको मूल्य कती ?
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
युद्धका बीच ४५ दिने विराम प्रस्ताव
प्रतिक्रिया