सोमालियाको आतङ्कवादी हमलाको निन्दा
काठमाडौँ । आठ सदस्यीय पूर्वी अफ्रिकी समूह (आईजीएडी)ले सोमालियाको राजधानीमा भएको घातक आतङ्कवादी हमलाको निन्दा गरेको छ ।
सोमालियाको शिक्षा मन्त्रालयको भवनमा शनिबार भएको दुई कार बम विस्फोटमा कम्तीमा एक सय जनाको मृत्यु हुनुका साथै तीन सयभन्दा बढी घाइते भएका छन् ।
आतङ्कवादी हमलाबाट ज्यान गुमाएका परिवारजनप्रति गहिरो दुःख व्यक्त गर्दै समूहले जघन्य अपराधको कडा शब्दमा निन्दा गरेको छ । समूहले सोमालिया सरकार, त्यहाँका जनता र शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
अल–कायदासँग सम्बन्धित अल–शबाब चरमपन्थी समूहले आक्रमणको जिम्मेवारी लिएको छ ।
सोमालियाका राष्ट्रपति र सुरक्षा अधिकारीलगायत सङ्घीय सदस्य राष्ट्रका नेता अल–शबाबविरुद्ध चलिरहेको आक्रामक कारवाहीबारे छलफल गर्न बैठक गरिरहेका बेला कार बम विस्फोट भएको थियो ।
















सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया