तिहारपछिको पहिलो दिन नेप्से परिसूचक वृद्धि

काठमाडौँ । तिहारपछिको पहिलो कारोबारको दिन नेप्से परिसूचक वृद्धि भएको छ । तिहारअघि १४ अंकले बढेर बन्द भएको नेप्से तिहारपछिको पहिलो कारोबारको दिन सोमबार १६ अंकले बढेको हो ।
सोमबार नेप्से परिसूचक १६.३९ अंकले वृद्धि भएर १८७४.८७ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३५ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ०.९१ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५६ प्रतिशतले बढेको छ ।
सोमबार कारोबारमा आएका २२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता शेयर ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से बढे पनि कारोबार रकम बढ्न सकेन ।
नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूहको सूचक बढेको छ भने एक उपसमूहको सूचक घटेको छ । जसमा होटल तथा पर्यटन उपसमूहको सूचक सबैभन्दा धेरै १.६५ प्रतिशतले बढेको छ । अन्य उपसमूहको १.५९ प्रतिशत, बैकिङ १.५२ प्रतिशत र व्यापार उपसमूहको १.१४ प्रतिशतले बढेको छ । तर, विकास बैंक उपसमूहको परिसूचक ०.३९ प्रतिशतले घटेको छ ।
नेप्से परिसूचक बढेसँगै सोमबार सयपत्री हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, नेपाल एसबिआई बैंकको मूल्य ८.२४ प्रतिशत बढेको छ ।
साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ७.०७ प्रतिशत र एनआईसी एशियाको ६.८० प्रतिशत बढेको छ । तर, अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ८.१६ प्रतिशत घटेको छ । आज एनआईसी एशिया बैंकको ६ करोड १७ लाख २१ हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।

















चैत ४ गते बुधबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
प्रतिक्रिया