गुजरात पुल दुर्घटनाः मृतकमध्ये ४७ बालबालिका, ९ जना पक्राउ

नयाँ दिल्ली । आइतबार राति भारतको गुजरातमा एउटा झोलुंगे पुल चुँडिदा ज्यान गुमाउनेमध्ये ४७ बालबालिका रहेका छन् । ज्यान गुमाउनेमा एक दुई वर्षीय बच्चासमेत रहेका छन् । आइतबार छठको समयमा मानिसहरुको ठूलो समूह जम्मा भइरहेका बेला पुल चुँडिएको थियो ।
ब्रिटिशकालीन उक्त पुल पुनःनिर्माणको एक सातापछि चुँडिएको थियो । क्षमताभन्दा बढी मानिस रहेका कारण पुल चुँडिएको प्रारम्भिक अनुमान गरिएको छ । अहमदाबादबाट २०० किलोमिटर टाढा रहेको उक्त झोलुङ्गे पुल आइतबार साँझ पौने ७ बजे छठ पूजामा करिब ५०० मानिसहरु भेला भएका बेला चुँडिएको थियो ।
करिब १५० वर्ष पुरानो र लोकप्रिय पर्यटकीय स्थल मोरबीको केबुल ब्रिज सात महिनादेखि मर्मतसम्भारका लागि बन्द गरिएको थियो । यो अक्टोबर २६ मा पुनः खोलिएको थियो ।
यसैबीच, उक्त घटनासँग सम्बन्धित नौ जनालाई पक्राउ गरिएको गुजरात प्रहरी स्रोतले जनाएको छ। गुजरात पुल दुर्घटनाका लागि जिम्मेवार व्यक्तिहरू विरुद्ध प्रहरीले उजुरी गरेको छ । एजेन्सी
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
मुस्ताङमा भारतीय नागरिक मृत फेला
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया