पेट्रोलियम खपत घटाउन कनकाईद्वारा विद्युतीय सवारी खरिद

झापाको कनकाई नगरपालिकाले विद्युतीय सवारी खरिद गरेको छ । बढ्दो पेट्रोलियम पदार्थको खपत घटाउन र विद्युत्को प्रयोग बढाउन नगरपालिकाले पहिलो चरणमा दुईवटा दुईपाङ्ग्रे विद्युतीय सवारी खरिद गरेको हो ।
बढ्दो इन्धन आयात घटाउन र विद्युत्को प्रयोग बढाउन विद्युतीय सवारी साधन खरिद गरिएको नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो । “विद्युत् उत्पादनमा नेपाल आत्मर्निभर बन्दै गएको छ”, उहाँले भन्नुभयो, “तर पनि समय अनुकूल विद्युत्को प्रयोग हुनु सकेको छैन, यसले विद्युत्को प्रयोग बढ्नाका साथै पेट्रोलियम पदार्थ प्रतिस्थापनमा सहयोग पुग्ने अपेक्षा छ ।”
आफ्नै मुलुकमा उत्पादित ऊर्जालाई प्रयोग गरेर आफैँ समृद्धि बन्नेतर्फ स्थानीयस्तरबाट कदम चालिनुपर्ने उहाँको भनाइ छ । इन्धन खर्चलाई मितव्ययी बनाउन, वातावरण र ध्वनि प्रदूषण पनि कम हुने भएकाले कनकाई नगरले परीक्षणका लागि विद्युतीय मोटरसाइकल र स्कुटर खरिद गरेको नगरप्रमुख पोखरेलले बताउनुभयो ।
नगरले परीक्षणका लागि दुईवटा सवारी खरिद गरेसँगै कनकाईमै दुईवटा चार्जिङ स्टेसन निर्माण गर्ने तयारी गरिरहेको नगरपालिकाका योजना प्रमुख विवेक भण्डारीले बताउनुभयो ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया