एक महिनासम्म सेक्स नगर्ने कान्येको घोषणा

लसएन्जल्स/ अमेरिकी र्यापर कान्ये वेस्टले आफूले एक महिनासम्म कुराकानी र सेक्स गर्न छोड्ने घोषणा गरेका छन् । उनले यो अवधिमा एडल्ट फिल्म हेर्ने, मदिरा पिउने कामलाई त्याग्ने घोषणा गरेका हुन् ।
४५ वर्षे र्यापरले आफूले वर्बल फास्ट सुरु गर्न लागेकोले यी सबै काम एक महिनाका लागि बन्द रहने बताएका हुन् । उनले ट्वीटरमार्फत ३० दिनसम्म शुद्धिकरणको हिस्साका रुपमा वर्बल फास्टमा जान लागेको उल्लेख गरेका छन् ।
‘म ३० दिनको शुद्धिकरण लिइरहेको छु । एक वर्बल फास्ट । मदिरा हुँदैन । कुनै एडल्ट फिल्म हुनेछैन । कुनै सेक्स हुँदैन । एक महिनासम्म कसैसँग बोल्ने छैन । भगवानको प्रार्थना गर्नेछु । तर मेरो ट्वीटर अहिले पनि आगो लगाइरहेको छ’, उनले ट्वीटेका छन् ।
गत महिना कान्येलाई यहुदी विरोधी ट्वीट गरेपछि ट्वीटरले निलम्बन गरेको थियो । तर ट्वीटरका नयाँ मालिक एलोन मस्कले गत साता उनको ट्वीटरलाई फुकुवा गरेका थिए ।







ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा वर्षको पहिलो हिमपात
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया