मंगलबार, माघ १३, २०८२

काउलीमा गाँजा लुकाएर तस्करी, एकजना पक्राउ

मेरोन्यूज २०७९ कार्तिक २० गते १०:१६

काठमाडौं । तरकारी खाने काउलीमा लुकाएर गाँजा तस्करी गर्ने एक जनालाई प्रहरीले काठमाडौंको नागढुंगाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६१ वर्षीय साइँला तामाङ छन् । धादिङको थाक्रे गाउँपालिका–७ घर भएका तामाङलाई चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट १ किलो ६ सय ग्राम गाँजाको धुलोसहित पक्राउ गरिएको प्रहरी वृत्त थानकोटले जनाएको छ ।

धादिङको महादेववेशीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.२ ख ६३६८ नम्बरको बसमा सवार साइँलाले झोलाभित्र काउलीमा लुकाएर सो गाँजा ल्याएका हुन् ।

प्रतिक्रिया