स्पेनमा विवाह समारोहमा झगडा हुँदा चार जनाको मृत्यु
काठमाडौँ । स्पेनमा आइतबार बिहान एक विवाह पार्टीका सदस्यका बीच झगडा भएको र उनीहरूलाई कारले ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।
घटनामा संलग्न भएको आरोपमा तीन जनालाई हिरासतमा लिइएको राष्ट्रिय प्रहरीका प्रवक्ताले एएफपीलाई बताएका छन् । म्याड्रिडबाट करिब २५ किलोमिटर (१६ माइल) उत्तरपूर्वमा रहेको टोरेजोन डे अर्डोजमा विवाहको आयोजना गरिरहेको रेस्टुरेण्डको अगाडि बिहानै झगडा भएको थियो ।
झगडापछि एउटा कारले विवाहमा आएका पाहुनालाई ठक्कर दिएर भागेको थियो । ‘जब हामी घटनास्थलमा पुग्यौं र त्यहाँ गम्भिर चोटपटकबाट चार जनाको मृत्यु भएको पाइएको,’ म्याड्रिड आपतकालीन सेवाका प्रमुख कार्लोस पोलोले बताएका छन् ।
घाइते अन्य चारजनालाई उपचारका लागि अस्पताल लगिएको उनले बताए । आक्रमण गरेको आशंका गरिएको गाडी दुर्घटना स्थलबाट ५० किलोमिटर टाढा भेटिएको र त्यसमा सवार तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी प्रहरीले चौथो संदिग्धको खोजी भइरहेको बताएको छ ।
















सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया