गर्मीका कारण सन् २०२२ मा युरोपमा कम्तीमा १५ हजारको मृत्यु

काठमाडौं । सन् २०२२ मा तातो मौसमका कारण युरोपमा कम्तीमा १५ हजार मानिसको मृत्यु भएसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ भने । तातो हावाबाट सबैभन्दा बढी स्पेन र जर्मनी प्रभावित भएका छन् ।
जुनदेखि अगस्टसम्मको तीन महिना रेकर्डहरू सुरु भएदेखि युरोपमा सबैभन्दा तातो थियो र असाधारण रूपमा उच्च तापक्रमले महाद्वीप मध्य युगपछिकै सबैभन्दा खराब खडेरीको साक्षी बन्यो ।
“अहिलेसम्म पेश गरिएको देशको तथ्यांकका आधारमा यो अनुमान गरिएको छ कि तातो हावाका कारण सन् २०२२ मा कम्तीमा १५ हजार मानिसको मृत्यु भएको अनुमान गरिएको छ’, डब्ल्यूएचओका युरोपका क्षेत्रीय निर्देशक हान्स क्लुगेले एक विज्ञप्तिमा भने ।
‘गर्मीको ३ महिनामा स्पेनमा करिब ४ हजार पोर्चुगलमा १ हजारभन्दा बढी, बेलायतमा ३२ सय भन्दा बढी र जर्मनीमा ४ हजार भन्दा बढीको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले रिपोर्ट गरेका छन् ।’ उनले थपे।एजेन्सी
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया