मलेसियाको फेसन शोमा गंगूबाईको झल्को

मुम्बई । अभिनेत्री आलिया भट्टको विश्वभर ठूलो फ्यान फलोइङ छ । विशेषत फिल्म ‘गंगूबाई काठियावाडी’मा उनले निभाएको चरित्रले जोकोही दर्शक प्रभावित छन् । हालैमात्र मलेशियामा भएको एक फेसन शोमा आलियाको गंगूबाई चरित्रको जस्तै गेटअपमा ¥याम्पवाकमा देखिए ।
फिल्म ‘गंगूबाई काठियावाडी’ जब रिलिज भयो, त्यही समयदेखि आलियाको आइकनिक लुक्स र ‘ढोलिदा’ गीतमा नृत्य गर्ने हुक स्टेप लोकप्रिय भएको थियो । यो आइकनिक लुक्स अहिले मलेसियाको फेसन शोमा प्रयोग गरिएको छ ।
मलेसियामा भएको ‘नर्दन हट कल्चर फेसन शो २०२२’ मा आलियाको गंगूबाईवाला लुक्सलाई प्रस्तुत गरिएको थियो । यो फेसनमा कैयौं मोडलले गंगूबाईका आइकनिक लुकमा ¥याम्प नापेका थिए ।
मोडलले गंगूबाईजस्तै जूडा, बिन्दी, फूल लगाएका थिए । उनीहरुले कालो चस्मा पनि छुटाएका थिएनन् । यद्यपि उनीहरुलाई साडीको स्थानमा गाउन लगाएका थिए । तर उनीहरुको लुक्स र हिडाई हेर्दा गंगूबाईको झल्को प्रष्ट देखिन्थ्यो ।
यो शोको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ‘मिस स्टार मलेसिया २०२२’ ले सामाजिक सञ्जालमा तस्वीर राख्दै ‘इज्जतसँग बाँच्ने, कसैसँग नडराउने’ लेख्दै गंगूबाई काठियावाडीको सम्झना गराएकी छन् ।एजेन्सी
















सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया