७ लाख बढी कित्ता सेयर बिक्रीमा ल्याउँदै समृद्धि फाइनान्स

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको साढे ७ लाख बढी कित्ता सेयर १ मंसिरदेखि बिक्रीमा आउने भएको छ । कम्पनीले ७ लाख ६७ हजार ३६६ कित्ता सेयर लिलामीमार्फत बेच्न लागेको हो ।
यो लिलामी सेयरमा विद्यमान संस्थापक तथा जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन् । लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँका लागि बोलपत्र पेस गर्नुपर्नेछ । अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलपत्र १५ मंसिर बैंकिङ समयसम्म पेस गर्न सकिनेछ ।
बोलपत्र धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटको काठमाण्डौ नक्सालस्थित कार्यालय, बैंक अफ काठमाण्डौका शाखाहरु विराटनगर, वीरगन्ज, न्युरोड (पोखरा), बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर र धनगढी तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय (हेटौँडा) र शाखाहरु पुतलीसडक, रायणगढ, पोखरा, बुटवल, बनेपा, इटहरी र जनकपुरमा पेस गर्न सकिनेछ।

















रवि लामिछानेकाे मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश
नयाँ सांसदहरूको शपथ चैत १२ गते
निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ : प्रधानमन्त्री कार्की
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
प्रतिक्रिया