अभियान चलाउँदा पनि खोटाङमा रोकिएन डेंगु

काठमाडौँ । खोटाङमा डेंगु संक्रमितको संख्या २४४ नाघेको छ । गत १४ भदौदेखि १२ कात्तिकसम्ममा १३९ पुरुष र १०५ महिलालाई डेंगु संक्रमण पुष्टि भएको हो ।
तथ्यांकीय हिसाबले असोजको तुलनामा कात्तिकमा संक्रमितको संख्या घट्दो दरमा रहेको जिल्ला अस्पतालले जनाएको छ । अधिकांश डेंगु संक्रमित निको भइसकेका छन् । केही बिरामी उपचारमा छन् ।
डेंगु संक्रमित बिरामीलाई उच्च ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने र आँखा पछाडिको भाग दुख्नेलगायतका लक्षण देखिने गरेको जिल्ला अस्पतालका डा. नितु लामाले बताइन् ।
सिकिस्त अवस्थाका बिरामीलाई अस्पतालमा भर्ना गरेर उपचारको प्रबन्ध मिलाइएको छ । शरीरमा सेतो रगत कम भएका १५ वर्षका एक बिरामीलाई अन्यत्र रेफर गरिएको अस्पतालले जनाएको छ ।
यो सिजनमा खोटाङमा विगतका वर्ष पनि डेंगुका बिरामी भेटिने गरेको थियो । बढ्दो डेंगु संक्रमण रोक्न दिक्तेल रुपाकोट मझवागढी नगरपालिकाले असोज पहिलो हप्ता दिक्तेल बजारमा डेंगु सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान चलाएको थियो ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया