र्यापरको मुखमा अगुल्टो झोस्ने झाँक्री पक्राउ

काठमाडौँ । नवलपरासी (पूर्व)को कावासोती नगरपालिका १ कोइलापानीमा उपचारको बाहानामा झाँक्रीले अगुल्टोले मुखमा झोस्दा एक जना गम्भीर घाइते भएका छन् ।
नौ दिनअघिको घटना सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाबारे बाहिर आएको हो ।
काठमाडौँ बसेर विभिन्न प्रतियोगितामा भाग लिँदै गरेका र्यापर समेत रहेका कावासोती १ निवासी २० वर्षे मिलनजङ्ग कुँवर बिरामी भएर घर पुगेका थिए ।
उनको उपचारका लागि भन्दै परिवारले नौ दिनअघि घरमा झारफुक गर्न देवचुली–१२ का ४२ वर्षीय झाँक्री दीपक सार्कीलाई बोलाएको थियो । सार्कीले झारफुक गर्ने क्रममा अगुल्टो मुखमा झोस्दा कुँवर गम्भीर घाइते भएका हुन् ।
घाइते कुँवरको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको परिवारजनले जानकारी दिएको छ । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि शुक्रबार झाँक्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।
















अत्यधिक चिसोका कारण मङ्गोलियामा १३ जनाको मृत्यु
194 polling stations in Dhanusha classified as highly sensitive
Trump says hiking tariffs on South Korean goods to 25%
गण्डकीका ३५ सहकारी खारेज
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
प्रतिक्रिया