मिनीबस पल्टिँदा कम्तीमा १९ जनाको मृत्यु
मेरोन्यूज
२०७९ कार्तिक २७ गते ८:५५

काठमाडौं । उत्तरी इजिप्टको नाइल डेल्टामा मिनीबस पल्टिँदा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । डकाहलिया प्रान्तमा एउटा खाल्डोमा बस खसेको मन्त्रालयले जनाएको छ । स्टेयरिङ ह्वीलमा खराबीका कारण दुर्घटना भएको इजिप्टका मिडिया आउटलेटहरूले जनाएका छन् ।
इजिप्टमा ट्राफिक दुर्घटनाहरू सामान्य छन् जहाँ सडकहरू प्रायः खराब मर्मत गरिएका छन् र सवारी नियम उल्लंघन हुने गरेका छन् । आधिकारिक तथ्यांकअनुसार अरब संसारको सबैभन्दा धेरै जनसंख्या भएको देशमा सवारी दुर्घटनाका कारण सन् २०२१ मा ७ हजार मानिस मारिएका थिए । त्यस्तै, यसै जुलाइमा भएको सवारी दुर्घटनामा २५ जनाको मृत्यु भएको थियो भने ३५ जना घाइते भएका थिए ।एजेन्सी
सम्बन्धित
















अत्यधिक चिसोका कारण मङ्गोलियामा १३ जनाको मृत्यु
194 polling stations in Dhanusha classified as highly sensitive
Trump says hiking tariffs on South Korean goods to 25%
गण्डकीका ३५ सहकारी खारेज
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
प्रतिक्रिया