कस्तो छ आजको मौसम ?
मेरोन्यूज
२०७९ मंसिर २ गते ७:०३

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।
शनिबार सुदूरपश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ ।
महाशाखाका अनुसार पछिल्ला दुई दिनमा प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको पनि आकलन गरिएको छ । महाशाखाले पर्वतारोहण र पदयात्रामा जाँदा सतर्कता अपनाउन भनेको छ ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
मुस्ताङमा भारतीय नागरिक मृत फेला
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया