कोभिड नियम नमान्नेलाई दमन गर्ने चीनको नीति

बेइजिङ । चीनको शीर्ष सुरक्षा एजेन्सीले सप्ताहन्तमा चिनियाँ शहरहरूमा कोभिड नियमहरूविरुद्ध दुर्लभ विरोध प्रदर्शनपछि ‘शत्रु शक्ति’माथि दमन गर्न आह्वान गरेको छ । कुनै बेला प्रदर्शनकारीहरुले भरिने स्थानमा सुरक्षाकर्मीको भीड बढेको छ ।चीनभर घरेलु कानुन प्रवर्तनको निरीक्षण गर्ने सत्तारुढ कम्युनिष्ट पार्टीको केन्द्रीय राजनीतिक र कानुनी मामिला आयोगले कानुन बमोजिम ‘शत्रु शक्तिहरूद्वारा घुसपैठ र तोडफोड गर्ने गतिविधि रोक्न आवश्यक’ रहेको जनाएको छ ।
कोभिडविरुद्ध कडा कदम चाल्न माग गर्दै सप्ताहन्तमा सयौँ प्रदर्शनकारी सडकमा उत्रिएका थिए । उनीहरुले चीनका राष्ट्रपति सी जिनपिङको राजीनामा समेत मागेका थिए ।
देशका स्वास्थ्य अधिकारीहरूले तालाबन्दी लगाइनुपर्ने बताएका छन् । चीनमा पछिल्ला दिनमा ठूलो संख्यामा कोभिड संक्रमित देखिएका छन् । पछिल्लो समयमा यहाँ दैनिक संक्रमितको संख्या ४० हजार नाघेको छ । एजेन्सी


















इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया