गौरादह नगरपालिकामा निःशुल्क एम्बुलेन्स
काठमाडौँ । झापाको गौरादह नगरपालिकाले गर्भवती महिलाको प्रसूति गराउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ ।
यसै वर्षदेखि सुरु गरिएको यो कार्यक्रममा अहिलेसम्म १४५ गर्भवतीले सेवा लिएका छन् । गर्भवतीलाई अस्पतालसम्म पुग्न सहज बनाउन यो कार्यक्रम सुरु गरिएको नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले जानकारी दिए ।
यो कार्यक्रमले महिलालाई प्रसूति गराउन अस्पतालसम्म पुग्न सहज भएको उनको भनाइ छ । झापा, मोरङ र सुनसरीसम्मका अस्पतालमा प्रसुति गराउन जाने महिलाका लागि एम्बुलेन्सको व्यवस्था गरिएको नगरपालिकाका स्वास्थ्य सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिए ।
यसैगरी नगरपालिकाले नगर अस्पतालमा समेत विशेषज्ञ सेवा सुरु गरेको छ । तीन चिकित्सकले दैनिक बिरामी जाँच गर्ने गरेको श्रेष्ठले बताए ।
अस्पतालले ल्याब, जेनरल ओपिडी र कुष्ठरोगसम्बन्धी सेवा दिइरहेको छ । पन्ध्र शय्याको यो अस्पतालमा यसै वर्षदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्ने नगरपालिकाको तयारी छ ।
















बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
प्रतिक्रिया