बलिउड अभिनेता विवेक ओबरायकाे परिवार नेपाल भ्रमणमा आउँदै
मेरोन्यूज
२०७९ मंसिर २० गते १२:४७

काठमाडौं । बलिउड अभिनेता विवेक ओबराय नेपाल भ्रमणका लागि आगामी मंसिर २८ गते काठमाडौं आइपुग्ने भएका छन् ।
एक भिडियो सन्देश जारी गर्दै उनले आफू सपरिवार नेपाल भ्रमणमा आउन लागेको बताएका छन् ।
‘नेपालसँग भारतको सम्बन्ध हजारौं वर्षदेखि धार्मिक, सांस्कृतिक र ऐतिहासिक रुपमा बलियो छ,’ भिडियोमा ओबरायले भनेका छन्, ‘हामी नेपाली र नेपाली हामी जस्तै छौं । २० वर्षको अभिनय करिअरमा नेपाली फ्यानले दिएको मायालाई सम्झिंदै नेपाल घुम्न आउन लागेको छु ।’
उनले लुम्बिनीमा आयोजना हुने मिट एण्ड ग्रीट कार्यक्रममा भाग लिनेछन् ।त्यसपछि श्रीमती प्रियंका अल्वा, छोरा भिभान र छोरी अमेयासहित सगरमाथा आधार शिविर, पोखरा र काठमाडौंको पशुपतिनाथ लगायतका ठाउँ घुम्ने उनको योजना सुनाएका छन् ।
सम्बन्धित
















भक्तपुरमा आजदेखि बिस्का: जात्रा सुरु हुँदै
उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
अमेरिका र इरानबीच युद्धविरामपछी इजरायली आक्रमणबाट लेबनानमा एकै दिनमा ३०० भन्दा बढीको मृत्यु
बिक्री हुने वस्तुमा ‘मूल्य’ र ‘लेबल’ अनिवार्य राख्नुपर्ने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया