पाल्पामा विवाह भोज खाएका ८० जनाभन्दा बढी बिरामी
काठमाडौँ । विवाहमा भोज खाएपछि पाल्पाको चिर्तुङधारा गाउँका ८० जनाभन्दा बढी बिरामी परेका छन् ।
पाल्पाको बगनासकाली गाउँपालिका १ चिर्तुङधारास्थित बुढाखाण्डे, भाङजेली, अम्रेली, पिपरटुङ, ढाडटोल र घोरबन्दा गाउँका ८० जनाभन्दा बढी बिरामी परेका हुन् । गत १७ गते शनिबार चिर्तुङधारास्थित एक विवाहमा भोज खाएकाहरू बिरामी परेको चिर्तुङधारा स्वास्थ्य चौकी प्रमुख सिअहेव अधिकृत नोदप्रसाद बस्यालले जानकारी दिए ।
बिरामी भएकाहरूलाई ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने लगायतका समस्या देखिएको थियो । स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि २२ जना बिरामीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भएको वडाध्यक्ष शेरबहादुर रानाले जानकारी दिए ।
वडाध्यक्ष रानाका अनुसार विवाह भएको घरमा गएर भोज खाने प्रायः सबै बिरामी परेका हुन् । प्युठान नगरपालिका ६, गुरुङगाउँबाट जन्ती गएका उनीहरू बिरामी भएका थिए । कतिपयले पानी धमिलो देखिएको र पानीका कारण हुन सक्ने आशंका गरेका छन् ।















संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
अब हर्मुज जलमार्गमा इरानले वैधानिक रुपमा शुल्क उठाउन पाउने
आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया