समानुपातिकबाट कुन दलले कति सिट पाए ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मत गणना सकिएसँगै सिट संख्या टुंगो लागेको छ ।
निर्वाचन आयोगका अनुसार मंगलबार साँझ समानुपातिकतर्फ मत गणना सकिएको हो । आयोगका अनुसार प्रत्यक्षमा ४४ सिट जितेको एमाले समानुपातिकतर्फ ठूलो दल बनेको छ । उसले समानुपातिकतर्फ ३४ सिट पाउने भएको छ ।
त्यस्तै, प्रत्यक्षतर्फ ५७ सिट जितेर पहिलो दल बनेको कांग्रेसले ३२ सिट पाउने भएको छ । प्रत्यक्षतर्फ १८ सिट जितेर तेस्रो बनेको नेकपा माओवादी केन्द्रले १४ सिट पाएको छ ।
त्यस्तै, सबैभन्दा कान्छो दल राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा १३ सिट पाएको छ । प्रत्यक्षमा उसले ७ सिटमा जित हात पारेको छ ।
प्रत्यक्षतर्फ ७ सिट जितेको राप्रपाले समानुपातिकमा ७ सिट पाउँदा जनमत पार्टी र जसपाले ५–५ सिट समानुपातिकमा पाएका छन् । प्रत्यक्षतर्फ जनमतले १ र जसपाले ७ सिटमा जित हात पारेको छ ।
यो पनि पढ्नुहोस्
समानुपातिक मतका आधारमा सात दल मात्रै बन्यो राष्ट्रिय दल (सूचीसहित)
















दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
जिबूती तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिदा नौ जनाको मृत्यु, ४५ बेपत्ता
१४ अंकले बढ्यो नेप्से, काराेबार रकम १३ अर्बमाथि
निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय : ओली
टेनिस टोली श्रीलंका प्रस्थान
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया