निःशुल्क आँखा शिविरबाट २२९ ले पाए सेवा

धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ कनकपट्टिमा सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय २९ जनाले आँखाको जाँच गराएका छन् । जनकपुरधाम उपमहानगरपालिकाको आयोजना र जानकी आँखा अस्पताल जनकपुरको सहयोगमा सम्पन्न सो शिविरमा जाँच गराएकामध्ये ७६ जनामा मोतियाबिन्दु फेला परेको जनकपुरधाम उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
मोतियाबिन्दुको समस्या देखिएका बिरामीको जानकी आँखा अस्पताल जनकपुरमा निःशुल्क शल्यक्रिया गरिने जनाएको छ । शिविरमा निःशुल्क आँखा परीक्षण तथा बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको जनकपुरधाम उपमहानगरपालिकाका–१७ का वडाध्यक्ष रामवृक्ष यादवले जानकारी दिनुभयो । शिविरमा नेत्र अधिकृत एवं प्राविधिक टोली प्रमुख रुदलप्रसाद साह नेतृत्वको चिकित्सकको टोलीले आँखा परीक्षण गरेका थिए ।
शिविरबाट अति गरिब, विपन्न, दलित तथा पछाडि परेका समुदायको नागरिकलाई प्रत्यक्ष लाभ लिएको जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहले बताए ।
–––











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया