बुधबार, माघ १४, २०८२

९२ किलो गाँजासहित तीन जना पक्राउ

मेरोन्यूज २०७९ मंसिर २५ गते २१:५१

सिरहा । जिल्लाको धनगढीमाई नगरपालिका १२ बाट प्रहरीले गाँजासहित ३ जनालाई पक्राउ गरेको छ ।

९२ किलो गाँजासहित पक्राउ पर्नेमा भगवानपुर नगरपालिका ४ घर भएका ४४ वर्षीय शिवनाथ मण्डल, ५५ वर्षीय बेचु मण्डल र सप्तरीको बोदेबसाइन नगरपालिका ९ घर भएका ४८ वर्षीय रामकुमार रहेका शाह छन् ।

उनीहरूले गाँजा लिएर कुस्माहा खुट्टी खोलाबाट दक्षिणतर्फ आउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । प्रहरीले उनीहरूमाथि लागूऔषध मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया