बलिउड अभिनेता विवेक ओबराय काठमाडौंमा, दश दिन नेपाल बस्ने

काठमाडौं । बलिउड अभिनेता विवेक ओबराय काठमाडौं आईपुगेका छन् । उनी सपरिवार काठमाडौं आएका हुन् । नेपाली व्यवसायी पुनम यादवको पहलमा बुधबार बेलुकी ओबराय परिवारसहित नेपाल भ्रमणमा आएका हुन् । उनी दश दिनसम्म नेपालमा रहनेछन् ।
उनले पशुपतिनाथ मन्दिरको दर्शनसँगै नेपालका पर्यटकीयस्थलमा घुम्ने कार्यक्रम छ ।
विहिबार विहान पशुपति दर्शनपछि चन्द्रागिरी घुम्ने र त्यसपछि जहाजबाट पोखरा जाने उनको भ्रमण तालिका छ । प्याराग्लाइडिङ, बन्जीजम्प, जीप फलायर गर्दै पोखरा घुम्ने उनको योजना छ ।
त्यसपछि उनी धौलागिरि हिमालको अवलोकन गर्न म्याग्दीको प्रसिद्ध घोरेपानी पुग्नेछन् । त्यहाँको छोटो पदयात्रापछि उनी पोखराबाट भैरहवा जानेछन् र लुम्बिनी दर्शन गर्नेछन् ।
बुद्ध थन्मथलो लुम्बिनीको तिलौराकोट भ्रमणपछि भैरहवामा आयोजना हुने मिट एण्ड ग्रीट कार्यक्रममा उनले सहभागिता जनाउनेछन् । सोही दिन काठमाडौं फर्किने उनी २४ डिसेम्बरमा भारत फर्कने कार्यक्रम छ ।
बुधबार बेलुका ६ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनलाई नेपालको राष्ट्रिय झण्डा प्रदान गरियो भने नेपाली ढाकाटोपी पनि लगाइयो । विमानस्थलमा मिडियासँग उनले नेपाल भ्रमणको उद्देश्यबारे संक्षिप्त कुराकानी गरे ।
उनले भने, ‘म यसअघि नेपाल आएको छैन । बुवाआमा कैंयनपटक आउनुभएको छ । मलाई पशुपतिनाथको दर्शन गर्नुथियो र बच्चाहरुलाई नेपाल देखाउनुथियो । नेपाल र भारतबीच सांस्कृतिक सम्बन्ध रहिआएको छ । मलाई लाग्छ, बच्चाहरुलाई पनि नेपाल देख्नुपर्छ र मैले पनि हेर्नुपर्छ । मलाई लुम्बिनी र पोखरा घुम्न मन छ ।’









अफ्रिकाको पहिलो जी–२० शिखर सम्मेलनः महत्त्वाकांक्षी एजेन्डा, अमेरिकाको बहिष्कार र कूटनीतिक तनावबीच सुरु
राजधानीमा एमालेको प्रदर्शन
वाटको विस्फोटक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत
लुम्बिनीविरुद्ध कर्णालीका मार्क वाटको विस्फोटक शतक
भियतनाममा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
लोकतान्त्रिक निकासका लागि फागुन २१ को निर्वाचन अनिवार्य छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया