मानवसेवा आश्रमको भवन बनाउन पोखरामा नेपथ्य कन्सर्ट

पोखरा । पोखरामा निर्माणाधीन मानवसेवा आश्रमको भवन पूरा गर्नका लागि नेपथ्य लाइभ कन्सर्ट हुने भएको छ । मानवसेवा आश्रमकै आयोजनामा पुस १२ गते प्रदर्शनी केन्द्रमा कन्सर्ट हुन लागेको हो । नेपथ्यले देशब्यापी रुपमा कन्सर्ट गर्दै आएको छ । गण्डकी प्रदेशका ४ जिल्लामा मानवसेवा आश्रम सन्चालनमा छन् । कठिन परिस्थितिपछि परिवारबाट बाहिरिएर सडकमा आश्रित ब्यक्तिहरुलाई आश्रमले सहयोग गर्दै आएको छ ।
पोखरास्थित हेमजामा आश्रमका लागि तीन तले भवन निर्माणाधीन छ । सोही भवनका लागि आश्रमले कन्सर्ट गर्न लागेको हो । कन्सर्टबाट २५ लाख हाराहारी आम्दानी गर्ने र त्यसबाट भवनमा केही टेवा पुग्ने केन्द्रिय कोषाध्यक्ष होमनाथ मानवसेवाले बताए । भवन निर्माणका लागि १० करोड भन्दा बढी लागत लाग्ने अनुमान छ ।
यसअघि नै लायन्स क्लव ३२५ वी वानले १ तला निर्माणको जिम्मा लिएको छ । भाडाको घरमा चलिरहेको आश्रम अहिले आफैले जग्गा पाएपछि भवन निर्माणमा जुटेको हो । हाल आश्रममा १ सय २ जना पुरुष र ६३ महिला गरी १ सय ६५ जना आश्रित छन् । गण्डकी प्रदेश सरकारले गण्डकीलाई सहयोगापेक्षी सडक मानव मुक्त प्रदेश घोषणा गरेको छ ।
मानवसेवा आश्रमसँग सहकार्य गरेर सरकारले दैनिक एकजना पीडितलाई १ सयका दरले मासिक ३ हजार दिने घोषणा गरेको छ । उक्त घोषणा अनुसार निरन्तर रकम पाएको उनले बताए । अहिलेको रकमले पनि भवन पूरा नहुने र पुनः महायज्ञ लगाउने तयारीमा रहेको कन्सर्टको प्रचार समिति संयोजक दिनेश शर्माले जानकारी दिए । मानवसेवा आश्रम पोखराले हालसम्म ९ सय जनालाई सडकबाट उद्धार गरेको छ भने ३ सय जना समाजमा पुनः स्थापित भएका छन् ।
८९ जनाले आश्रममै ज्यान गुमाएका छन् । ३ सय जना उपचारपछि आफै घर गएका छन् । अहिले पोखराको हेमजामा पुरुषलाई राखिएको छ भने छोरेपाटनमा महिलालाई राखिएको छ । भवन पूरा भएपछि महिला र पुरुष दुवैलाई एकै ठाउँमा राख्न सकिने शर्माले सुनाए ।
















लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ शेयर निस्कासन गर्ने
तेल वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति रुस जाँदै
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
प्रतिक्रिया