राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायबाट किन अलग भइन जोली ?

न्युयोर्क । हलिउड अभिनेत्री एन्जेलिना जोलीले संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीसँग २० वर्षभन्दा बढी काम गरेपछि युएनएचसीआरको विशेष दूतको भूमिकाबाट राजीनामा दिएको घोषणा गरेकी छन् ।
विगत दुई दशकहरूमा आफ्नो घरबाट विस्थापित लाखौं मानिसहरूको दुर्दशामा स्पटलाइट चम्काउँदै, ४७ वर्षीय जोलीले युएनएचसीआरसँग ६० भन्दा बढी फिल्ड मिसनहरू सम्पन्न गरिसकेकी छिन् ।
२० वर्ष संयुक्त राष्ट्रसंघीय प्रणालीमा काम गरेपछि मलाई लाग्छ कि यो मेरो लागि फरक तरिकाले काम गर्ने, शरणार्थीहरू र स्थानीय संगठनहरूसँग प्रत्यक्ष संलग्न हुने र समाधानका लागि उनीहरूको वकालतलाई समर्थन गर्ने समय हो भन्ने मलाई लाग्छ’, जोलीले एक विज्ञप्तिमा भनेकी छिन ।
शरणार्थी र अन्य विस्थापित मानिसहरूलाई सहयोग गर्न आउने वर्षहरूमा सहयोग जारी राख्ने उनले बताएकी छिन् । ओस्कार विजेता जोलीले सन् २००१ देखि युएनएचसीआरमा काम गरिरहेकी छिन् र सन् २०१२ मा विशेष दूत बनिन् ।
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया