विश्वप्रकाशमा मैले बिपीको गुण पाएँ : राजेशपायल राई
मेरोन्यूज
२०७९ पुष २ गते २०:०१

काठमाडौँ । गायक राजेशपायल राईले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई विश्वेश्वरप्रसाद कोइरालासँग तुलना गरेका छन् ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले महामन्त्री शर्मामा विश्वेश्वरप्रसाद कोइरालाका अधिकांश गुणहरू भएको बताएका हुन् । उनले कसैले उदाहरण दिँदा विश्वेश्वरप्रसाद जस्तो होस् भन्ने गरेको भन्दै विश्वेश्वरप्रसाद कोइरालाको गुण आफूले विश्वप्रकाशमा पाएको बताए ।
उनले अन्य नेताहरुले चुनावमा जितेपछि मेरो जित भयो भन्ने गरे पनि शर्माले आफ्नो जित जिल्लावासीको भएको भन्दै आफूलाई बिपीको रुपमा सिद्ध गरेको बताए । उनले कोही पनि मानिसले भ्रम पालेर बस्नु नहुने बताए ।
गायक राईले सबै मानिसले आफूमा भएको भ्रमलाई त्यागेर आफूलाई समाज र राष्ट्रका लागि राम्रो बनेर प्रमाणित गर्न सक्नु पर्ने बताए ।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया