विश्वप्रकाशमा मैले बिपीको गुण पाएँ : राजेशपायल राई
मेरोन्यूज
२०७९ पुष २ गते २०:०१

काठमाडौँ । गायक राजेशपायल राईले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई विश्वेश्वरप्रसाद कोइरालासँग तुलना गरेका छन् ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले महामन्त्री शर्मामा विश्वेश्वरप्रसाद कोइरालाका अधिकांश गुणहरू भएको बताएका हुन् । उनले कसैले उदाहरण दिँदा विश्वेश्वरप्रसाद जस्तो होस् भन्ने गरेको भन्दै विश्वेश्वरप्रसाद कोइरालाको गुण आफूले विश्वप्रकाशमा पाएको बताए ।
उनले अन्य नेताहरुले चुनावमा जितेपछि मेरो जित भयो भन्ने गरे पनि शर्माले आफ्नो जित जिल्लावासीको भएको भन्दै आफूलाई बिपीको रुपमा सिद्ध गरेको बताए । उनले कोही पनि मानिसले भ्रम पालेर बस्नु नहुने बताए ।
गायक राईले सबै मानिसले आफूमा भएको भ्रमलाई त्यागेर आफूलाई समाज र राष्ट्रका लागि राम्रो बनेर प्रमाणित गर्न सक्नु पर्ने बताए ।
सम्बन्धित







ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा वर्षको पहिलो हिमपात
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया