झलनाथ खनालले लिए माधव नेपालको स्वास्थ्यबारे जानकारी
मेरोन्यूज
२०७९ पुष ६ गते २०:४९

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अध्यक्ष माधव नेपालको स्वास्थ्यावस्थाको जानकारी लिएका छन् ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगेर नेता खनालले चिकित्सकसँग अध्यक्ष नेपालको स्वास्थ्यबारे जानकारी लिएका हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका नेपाल छातीमा सङ्क्रमण देखिनुका साथै रुघाखोकी लागेपछि मङ्गलबारदेखि अस्पताल भर्ना भएका थिए ।
पार्टी कार्यालय सचिव एवं उपमहासचिव गङ्गालाल तुलाधरले पार्टीको तर्फबाट आज विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालको शीघ्र स्वास्थ्यलाभको कामना गरे । उनका अनुसार अध्यक्ष नेपालमा ज्वरो सामान्य छ भने स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।
छाती रोग विशेषज्ञ सन्तकुमार दासको नेतृत्वको टोली अध्यक्ष नेपालको उपचारमा संलग्न रहेको पार्टी सचिवालयले जनाएको छ ।
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया