कुम्भलाई मान सम्मान मिल्ने, तपाईंको दिन कस्तो ?

आज ८ पुस २०७९, शुक्रबार । तद्नुसार डिसेम्बर २३, २०२२ । पौष कृष्णपक्ष औशी, अमावस्या पनि भनिन्छ । आजको दिन काठमाडौँको गोर्कण र बराहक्षेत्र र गया क्षेत्रमा पितृ श्राद्ध र तर्पण गरिन्छ ।
आज मुल नक्षत्र, गण्ड योग, चन्द्रमा धनु राशिमा रहेको छ । बिहान ६ः५२ मा सूर्योदय हुनेछ भने ५ः१५ मा सूर्यास्त हुनेछ । आज ११ः४३ देखि १२ः२४ सम्मको समय अभिजित मुहूर्त रहेको छ । आजका देवता अग्नि ग्रहदेव शनि हुन् । शुक्रबार यात्रा राम्रो हुने भए पनि औँशी भएकाले त्यति उत्तम हुँदैन । औँशीको दिन विशेष गरी आफ्ना पितृको नाम स्मरण गरी तर्पण, दान गर्दा उत्तम हुनेछ ।
मेष
तपाईलाई रोजगारीको क्षेत्रमा नयाँ सफलता हात लाग्नेछ । शुक्रबार भएकाले मेष राशिका जातकले नजिकको देवालयको यात्रा गर्दा मनमा खसियाली छाउने छ । बिहानै देवालयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । सूर्योदयको दर्शन गर्नुहोला ।
वृष
व्यापार व्यवसायमा सोचेअनुसार नाफा प्राप्त हुँदा खुसियाली हुनसक्छ । आजको दिन व्यापारबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । तपाईको मन, वचन र कर्म सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र दैनिक काम गर्दा मनमा हर्ष उत्पन्न हुनसक्छ ।
मिथुन
परिवार र आफन्तजनले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् । आजको सदन दिन कष्ट आउनेछन् । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ । कसैलाई पनि बैरभाव हुने काम नगर्नुहोला । चन्द्रमाको साथ रहेको छ । आज बिहान सूर्योदयको दर्शन गर्नुहोला ।
कर्कट
पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने हानी हुनसक्छ । एकाग्र चित्तले आफ्नो दैनिक काम सम्पादन मात्र गर्नुभयो भने सफलता प्राप्त हुनेछ ।
सिंह
परिवारका सदस्यबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका समस्या हुनसक्छ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला । परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यले अनावश्यक लान्छना लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ ।
कन्या
आजको दिन आफन्तसँग सम्बन्ध बिग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । कन्या राशिका जातकले स्त्रीजातिबाट सहयोग प्राप्त हुँदा निराशा हुनुपर्नेछ । आज आम्दानीको धनीराशिबाट घरमा महिलालाई केही उपहार दिनु राम्रो हुन्छ ।
तुला
आजको दिन सुुरु गरेको काम सफल हुनेछ । तपाईको कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । तपाईलाई सफलता हात लाग्नेछ । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पूरा नहुँदा मनमा चिन्ता भइरहन्छ । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नुहोला ।
वृश्चिक
तपाईले आफ्नो ग्रह बलियो भएको बेला कार्र्ययोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । आजको दिन शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । शिवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक कार्यमा केही समय दिनुभयो भने कार्यमा सफलता मिल्नेछ । आज विहान सूर्योदयको दर्शन गर्नुहोला ।
धनु
आजको दिन सफलता मिल्नेछ । आजको दिन सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नुहोला ।
मकर
तपाईले गरेको कामबाट मानसम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा हर्ष प्राप्त हुनेछ । आजको दिन देवालय यात्राले मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएका कामको मूल्याकन हुनेछ । बिहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला ।
कुम्भ
कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको देवालय दर्शन गर्नुभयो भने तपाईमा थप शक्ति मिल्नेछ ।
मीन
आजको दिन मनमा प्रसन्नता छाउने छ । लामो दुरीको यात्रा गर्दै हुनुहुन्छ भने बिहान सूर्योदयको दर्शन गरेर मात्र यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा हुनुहुन्छ भने केही हानी हुनसक्ने छ । परिवारमा विवाद हुनसक्छ । मौन रहनु उत्तम हुनेछ ।
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया