पेलेको परिवार साओ पाउलोको अस्पतालमा

काठमाडौँ । ब्राजिलका महान् फुटबलर पेलेका परिवारका सदस्य अल्बर्ट आइन्स्टाइन अस्पतालमा भेला भएका छन् ।
गत नोभेम्बरको अन्त्यदेखि विश्वविख्यात ८२ वर्षीय पूर्व खेलाडी क्यान्सरसँग यहाँ सङ्घर्ष गरिरहेका छन् । चिकित्सकहरूले गत हप्ताको प्रारम्भमा तीनपटक विश्वकप विजेता पेलेको क्यान्सर बढेको तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित भएका र उच्च रेखदेखमा रहेका बताएको थियो ।
पेलेका छोरा एडिन्हो भनेर चिनिने एड्सन चोल्बी नासिमेन्टो पनि अस्पताल आइपुगेका छन् । दक्षिणी ब्राजिलको एक फुटबल क्लबका लागि काम गर्ने एडिन्होले डाक्टरहरूले मात्र आफ्नो बुबालाई मद्दत गर्न सक्ने बताएका छन् ।
पेलेकी छोरी केली नासिमेन्टोले आफ्ना बाबुको समीप आफू र एडिन्हा बसेको फोटो इन्स्टाग्राममा पोस्ट गरेकी छन् । त्यसको केही घण्टापछि सान्तोसका पूर्व गोलकिपर एडिन्होले आफ्नो बुबाको हात समातेको फोटो राखेर “बुवा… मेरो बल तपाईंको हो,” लेखेका छन् ।
विश्वभर पेले भनेर चिनिने एडसन एरान्टेस डो नासिमेन्टोको सन् २०२१ को सेप्टेम्बरमा ‘कोलोन ट्युमर’ हटाइएपछि त्यो उनका अन्य अङ्गमा फैलियो वा फैलिएन भन्नेबारेमा परिवारका सदस्य र अस्पतालले केही जानकारी दिएका छैनन् ।
















यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
आज चैत २५ गते बुधबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया