सेयर बजार भारी अंकले वृद्धि, आज कति पुग्यो ?

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार उकालो लागेको छ । नेप्से परिसूचकमा ५६.८८ अंकले बढेर २०२९.०३ विन्दुमा पुगेको छ ।
बिहीबार २५७ कम्पनीको एक करोड ८० लाख २४ हजार ५५९ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ८६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । हिमालय डिस्टिलरी कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ ।
यो कम्पनीको १२ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । नेपाल दूरसञ्चार कम्पनीको १० करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।
हिमालय उर्जा विकास, सानिमा जीवन बिमा र सृजनशील लघुवित्तको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । यता, धौलागिरि लघुवित्तको ९.९९ प्रतिशतले मूल्यवृद्धि भएको हो । २०८ कम्पनीमा उकालो लागेको छ भने जम्मा ६ कम्पनीमा ओरालो लागेको छ ।
आज सबै उपसूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै फाइनान्स कम्पनी ५.३८ प्रतिशतले वृद्धि भएको छ । हाइड्रोपावर ४.९२ र निर्जीवन बिमा ४.३९ प्रतिशतले वृद्धि भएको छ ।
सबैभन्दा कम म्युचुअल फन्ड १.४१ र बैंकिङमा १.८२ प्रतिशतले वृद्धि भएको छ ।















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
प्रतिक्रिया