बिहीबार, माघ १५, २०८२

आइजीपीले दबाब थेग्न नसक्दा इन्स्पेक्टरलाई बिओपी फर्काउन बाध्य

मेरोन्यूज २०७९ पुष १५ गते ८:३७


काठमाडौं । आर्थिक अनियमितता र सीमा सुरक्षामा लापारवाही गरेको आरोपमा सशस्त्र प्रहरी मूख्यालयले तीन हप्ता अघि तीन एसपीसहित तानिएका एक प्रहरी नीरिक्षक भने शक्ति केन्द्रको दबाबमा फिर्ता गएका छन् ।
सशस्त्र प्रहरी कर्मचारी प्रशासनमा तथा प्रबन्ध शाखामा रहेका एसएसपी दीपेन्द्र कुँवरको सोर्स लगाएर पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको स्वकीय सचिव भानु देउवाको दबाबले सशस्त्र प्रहरीका बिओपी भुजहवा पश्चिम नबलपरासिका इन्सपेक्टर रामहरी श्रेष्ठ पुनः बिओपी फिर्ता भएका हुन् ।
सशस्त्र प्रहरी बलका आइजीपी राजु अर्यालले भानु देउवाको दबाब थेग्न नसकेर उनलाई त्यहाँ फिर्ता गरेको सशस्त्र प्रहरी स्रोतको दाबी छ ।
केही दिन अघि तीन जना एसपीसँगै अन्य दुई इन्सपेक्टर समेत मुख्यालय तानिएका थिए । पर्सा, बारा र नवलपरासीका एसपीलाई सशस्त्र मूख्यालयले तानेको थियो । तर श्रेष्ठ भने लामो समय पुर्बप्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानिलकण्ठ सुरक्षाका लागि बसेको आधारमा बिओपी फर्कन सफल भएका हुन् । तर अन्य अधिकृत भने अझै मुख्यालमै छन् ।
उनीहरु फर्कने वा नफर्कने कुनै निर्णय भएको छैन । भुजहवा बिओपीका कमान्डर श्रेष्ठ भने शक्तिको आडमा फर्कन सफल भएका हुन् । सरकार परिबर्तन हुनु २ दिन अघि मात्र मुख्यालयलाई दबाब दिएर बिओपी फर्कन सफल भएको स्रोतको दाबी छ ।

गत हप्ता त्यहाँ फर्केपछि इन्स्पेक्टर श्रेष्ठले पुरानो धन्दालाई निरन्तरता दिएको स्रोतको दावी छ । ‘ अब मलाई कसैले पनि हल्लाउन सक्दैनन, आइजीपीले नै पठाएको हो’, उनले मातहत निकायमा भन्न थालेका छन् । सो नाका बाट हरियो केराउको व्यापक तस्करी हुने गरेको छ । सोही जिल्लाको बलिनगर र महेसपुर बिओपीबाट पनि तस्करी भइरहेको स्रोतको दाबी छ । बलिनगरमा इन्सपेक्टर सुनिल गिरि र महेसपुरबाट इन्सपेक्टर सुरेन्द्र बोहोरा कमाउ धन्दामा लागेका छन् । उनीहरुको बारेमा पनि सशस्त्र प्रहरी मूख्यालयले निगरानी राखिरहेको छ ।

प्रतिक्रिया