ऋतिकलाई ‘विक्रम बेधा’को पछुतो

मुम्बई । बलिउड अभिनेता ऋतिक रोशन र सैफ अली खान अभिनित फिल्म ‘विक्रम बेधा’ गत सेप्टेम्बरमा रिलिज भएको थियो । दुई ठूला स्टारको अभिनयका बाबजुद पनि फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप भयो । फिल्म असफलताको लामो समयपछि ऋतिकले मुख खोल्दै ‘विक्रम वेधा’मा काम गर्दा पछुतो लागेको उल्लेख गरेका छन् ।
‘फिल्म विक्रम बेधाले बक्सअफिसमा मेरो आशाको हिसाब विपरित प्रदर्शन गर्यो । यो असफल हुँदा यसले मभित्र केही न केही हलचल पैदा गरेको छ,’ ऋतिक भन्छन्, ‘यो फिल्मको असफलताबाट मैले के सिके भन्ने कुराको महशुस मलाई पछि होला । तर, एउटा कुरा के तय भएको छ भने मेरा प्रशंसकले मलाईँ एकै किसिमको भूमिकामा हेर्न चाहेका रहेछन् । यो पटक मैले केही अलग गर्न चाहें, जुन कुरा दर्शकले चाहेनन् ।’
फिल्ममा ऋतिक बेधा नामको भिलेन चरित्रमा थिए । जसको प्रशंसा समीक्षकसँगै दर्शकले पनि गरेका थिए । ‘मैले निभाएको चरित्रलाई दर्शकले मनपराएनन् । अब मैले सोचेर बुझेर स्क्रिप्ट र चरित्र छान्नुपर्ने भएको छ । यस्तो फिल्म गर्न अब म दुई पटक सोच्नेछु’, उनले भनेका छन् । महंगो बजेटको यो फिल्मले बक्सअफिसमा केवल ७९ दशमलब ५३ करोडको मात्र व्यापार गरेको थियो ।
















साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ.कुरियर्स
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
उपसभामुखमा ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया