कार्तिकबाट प्रभावित मनिषा

मुम्बई । सन् ९० को दशककी हिट अभिनेत्रीमध्ये एक मनिषा कोइराला चाँडै नै हिन्दीमा केही ठूला प्रोजेक्टमा देखिँदैछिन् । सन् २०१२ मा क्यान्सर भएपछि उनले अभिनयबाट पाँच वर्ष ब्रेक लिइन् ।
सन् २०१७ मा ‘डियर माया’बाट पुनरागमन गरेकी उनले त्यसपछि ‘लस्ट स्टोरिज’, ‘सन्जू’ र ‘प्रस्थानम’ जस्ता फिल्ममा अभिनय गरिसकेकी छन् ।अहिले मनिषा निर्देशक सञ्जय लीला भन्सालीको बेव सिरिज ‘हिरामण्डी’को हिस्सा छिन् ।
यसबाहेक उनी अभिनेता कार्तिक आर्यनको अभिनय रहेको फिल्म ‘शहजादा’मा महत्वपूर्ण भूमिकामा अभिनय गरेकी छन् । मनिषा कार्तिकको अभिनयबाट प्रभावित रहिछन् ।
‘मलाई लाग्छ कि कार्तिक प्रतिभावान छन् । उनी कडा मेहनत गर्ने विनम्र स्वभावका व्यक्ति हुन् । उनी चरित्रलाई बुझ्छन् र केही नयाँ कुरा लिएर आउँछन् । उनले अहिलेसम्म जुन किसिमका फिल्म छनोट गरेका छन्, ती फिल्म मलाई मनपरेको छ । उद्योगमा उनको भविष्य उज्जवल छ’, उनले भनेकी छन् ।
















लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ शेयर निस्कासन गर्ने
तेल वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति रुस जाँदै
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
प्रतिक्रिया