इन्टर मिलानको पहिलो हार
मेरोन्यूज
२०७९ पुष २१ गते ९:२०

काठमाडौं । इटालिनय सिरी ए को शीर्ष टोली नेपोलीले सिजनको पहिलो हार बेहोरेको छ । इडेन जेकोको एक मात्र गोलमा इन्टर मिलानले बुधबार राति नेपोलीलाई १–० ले हराएको हो ।
५६औं मिनेटमा जेकोले गरेको गोलमा इन्टरले अग्रता लियो । पहिलो हाफमा फेर्डिको डिमार्को र रोमेलु लुकाकुले गोलको अवसर गुमाउँदा इन्टरले अग्रता लिने अवसर गुमाएको थियो ।
अप्रिल २०२२ मा इम्पोलीलाई ३–२ को नतिजा सुम्पिएपछि सिरी ए मा नेपोलीको यो पहिलो हार हो । जारी सिजन सिरी ए ले १५ खेलमा १३ जित र दुई बराबरीको नतिजा निकालेको थियो । १६औं खेलमा इन्टरको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।
नेपोली १६ खेलमा ४१ अंकसहित शीर्ष स्थानमा यथावत छ । दोस्रो स्थानको एसी मिलानभन्दा पाँच अंक बढी हो । तेस्रो स्थानको युभेन्टसको ३४ र चौथो स्थानको ३३ अंक छ । पाँचौ स्थानको लाजियोको ३० अंक छ ।
सम्बन्धित















विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ बढ्यो
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
आज चैत १२ गते बिहीबार कुन राशिका लागि शुभ , हेराैँ राशिफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया