पत्नीको जन्मदिनमा गीतकार सुरजले दिए गीत ‘एक झल्को’ उपहार
मेरोन्यूज
२०७९ पुष २३ गते ११:२७

काठमाडौं । गायिका एलिना चौहानको ‘एक झल्को’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार सुरज अधिकारी प्यारेको शब्द शृजना रहेको सार्वजनिक गीतमा नबिन कार्कीको संगीत, विशाल निरौलाको एरेन्ज रहेको गीतको भिडियोमा गायिका चौहान नै फिचर छिन् ।
गीतकार सुरजले आफ्नी प्रेमीका प्रभा बस्नेतलाई सर्मपित गर्दै लेखेको गीतको भिडियो प्रभाकै जन्मदिनमा सार्वजनिक गरेका हुन् । जोसँग उनले पछि विबाह गरे ।
बिक्रम चौहानले निर्देशन गरेको भिडियोको छायांकन जनक वलीले गरेका हुन् भने सम्पादन लक्ष्मण चौहानले गरेका हुन् । पेशाले सिभिल इञ्जिनियर हुन् सुरज ।
परिवारसहित क्यानडामा बस्दै आएका सुरजले यसअघि ए माया जूनकीरी बोलको गीतको भिडियो निर्माण गरेका छन् । जसमा उनकै छोरी अनुसा अधिकारीको अभिनय रहेको छ ।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया