हुम्लामा गोल्डकप आयोजना हुने, विजेतालाई एक लाख ५० हजार

हुम्ला। हुम्ला हिमाली जिल्ला हुम्लामा पहिलो हुम्ला गोल्डकप हुने भएको छ । हुम्ला फुुटबल एकेडेमीले आगामी २०८० वैशाख १५ गतेदेखि जिल्लास्तरीय गोल्डकप आयोजना गर्ने भएको हो ।
हालसम्मकै सर्वाधिक पुरस्कार राशिको सो प्रतियोगितामा सातवटै गाउँपालिकाका टिम र जिल्लामा दर्ता भएर क्रियाशील रहेका क्लबले उक्त कपमा भाग लिन पाउने भएको एकेडेमीका अध्यक्ष विष्णुु रावतले बताएका छन् ।
गोल्डकप विजेताले रु एक लाख ५० हजार नगद र ट्रफी पाउनेछन् भने द्वितीय हुनेले रु एक लाख नगद पाउनेछन् । त्यस्तै तृतीय हुने टिमले रु ७५ हजार पाउने छन् । लिग चरण खेलाइने प्रतियोगितामा प्रत्येक खेलमा एक जना म्यान अफ द म्याच पनि घोषित गरिने भएको अध्यक्ष रावतले बताए ।
हुम्ला गोल्डकप अब प्रत्येक वर्ष सञ्चालन हुने भएको छ । गोल्ड कपका लागि एकेडेमीले फुटबल ग्राउण्डलाई व्यवस्थित गर्ने कार्य माघ महिनामा गर्ने जनाएको छ ।
















नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
असल प्रतिपक्षीय भूमिका निर्वाह गर्नेछौँः सांसद थकाली
युवा सांसद भन्छन्– ‘नयाँ पुस्ताको परिवर्तनको आकांक्षा नै हाम्राे एजेण्डा’
प्रतिनिधिसभा सदस्यको शपथमा जे देखियो…
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
प्रतिक्रिया