शाहरुख खानको फिल्म ‘पठान’ को ट्रेलर बुर्ज खलिफामा देखाइँदै

एजेन्सी । शाहरुख खानका फ्यानहरु उनको फिल्म ‘पठान’ हेर्न आतुर छन् । चार वर्षको लामो प्रतिक्षापछि शाहरुख नायकको रूपमा ठूलो पर्दामा देखिँदै छन् । सधैँ रोमान्समा देखिने शाहरुख यो पटक भने एक्सनमा देखिँनेछन् । फिल्ममा शाहरुख खानका अलावा दीपिका पादुकोण र जोन अब्राहमको पनि महत्वपूर्ण भूमिका छ । फिल्म पठानलाई लिएर दर्शकले ठूलो आशा राखेका छन् ।
जानकारीका अनुसार पठानको ट्रेलर दुबईको बुर्ज खलिफामा देखाइने भएको छ । शाहरुख हाल इन्टरनेशनल लिग टी–२० खेल्न मध्यपूर्वमा छन् । फिल्म ‘पठान’ को ट्रेलर बुर्ज खलिफामा देखाइँदा उनी त्यहाँ उपस्थित हुनेछन् ।
इन्टरनेशनल डिस्ट्रिब्युसनका उपाध्यक्ष नेल्सन डिसुजाले भने, “पठान हाम्रो समयको सबैभन्दा प्रत्याशित फिल्म हो र यस्तो फिल्मलाई दर्शकसामु प्रस्तुत गर्न सबैभन्दा ठूलो उपाय अपनाउनुपर्छ । शाहरुख खान र पठान दुबईको बुर्ज खलिफामा मनाइने घोषणा गर्न पाउँदा हामी धेरै खुसी छौं।’
उनले थपे, “अन्तर्राष्ट्रिय लिग टी–२० को लागि हाल युएईमा रहेका शाहरुख खान ठूलो अवसरको लागि त्यहाँ आउन पाउँदा हामी खुसी छौं। युएईमा शाहरुखका धेरै फ्यान छन् । म उहाँलाई उहाँका प्रशंसक र दर्शकहरूको सम्मान र मायाको लागि धन्यवाद दिन्छु।’









बाबुराम र जनार्दनको एकतापछि आज प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुँदै
झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
प्रतिक्रिया