शाहरुख खानको फिल्म ‘पठान’ को ट्रेलर बुर्ज खलिफामा देखाइँदै

एजेन्सी । शाहरुख खानका फ्यानहरु उनको फिल्म ‘पठान’ हेर्न आतुर छन् । चार वर्षको लामो प्रतिक्षापछि शाहरुख नायकको रूपमा ठूलो पर्दामा देखिँदै छन् । सधैँ रोमान्समा देखिने शाहरुख यो पटक भने एक्सनमा देखिँनेछन् । फिल्ममा शाहरुख खानका अलावा दीपिका पादुकोण र जोन अब्राहमको पनि महत्वपूर्ण भूमिका छ । फिल्म पठानलाई लिएर दर्शकले ठूलो आशा राखेका छन् ।
जानकारीका अनुसार पठानको ट्रेलर दुबईको बुर्ज खलिफामा देखाइने भएको छ । शाहरुख हाल इन्टरनेशनल लिग टी–२० खेल्न मध्यपूर्वमा छन् । फिल्म ‘पठान’ को ट्रेलर बुर्ज खलिफामा देखाइँदा उनी त्यहाँ उपस्थित हुनेछन् ।
इन्टरनेशनल डिस्ट्रिब्युसनका उपाध्यक्ष नेल्सन डिसुजाले भने, “पठान हाम्रो समयको सबैभन्दा प्रत्याशित फिल्म हो र यस्तो फिल्मलाई दर्शकसामु प्रस्तुत गर्न सबैभन्दा ठूलो उपाय अपनाउनुपर्छ । शाहरुख खान र पठान दुबईको बुर्ज खलिफामा मनाइने घोषणा गर्न पाउँदा हामी धेरै खुसी छौं।’
उनले थपे, “अन्तर्राष्ट्रिय लिग टी–२० को लागि हाल युएईमा रहेका शाहरुख खान ठूलो अवसरको लागि त्यहाँ आउन पाउँदा हामी खुसी छौं। युएईमा शाहरुखका धेरै फ्यान छन् । म उहाँलाई उहाँका प्रशंसक र दर्शकहरूको सम्मान र मायाको लागि धन्यवाद दिन्छु।’















अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
प्रतिक्रिया