बुटवल भैरहवामा नेक्सन ईभी रेञ्ज टेस्ट सफलताका साथ सम्पन्न

काठमाडौँ । वातावरणको संरक्षण तथा देशको दिगो आर्थिक विकासको लागि विद्युतीय गाडीहरूको उपयोगमा प्रोत्साहन एवम् प्रवर्द्धन गर्ने लक्ष्यसहित नेपालको लागि टाटा मोटर्स्को एकमात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि. र टाटा मोटर्स् को सह–आयोजनामा “नेक्सन् इभी रेन्ज टेस्ट २०२३” प्रदर्शनात्मक कार्यक्रम बुटवल–भैरहवामा सफलतापूर्वक सम्पन्न गरिएको छ ।
बुटवल–भैरहवा सडकमा ३९७ किमीसम्म नेक्सन ईभीको रेञ्ज निकाल्न सफल सुवास खड्काले काठमाडौँको सलिम श्रेष्ठको ३४७ किमी रेञ्जलाई उछिन्दै ७६ को उत्कृष्टबाट आवर निकाल्न सफल भई प्रथम भए । ३८७ किमी रेञ्ज निकालेर गोपाल शर्मा दोश्रो हुन सफल भए । त्यसै गरी ३७८ किमी रेञ्ज निकाल्न सफल सुवोध भट्टराई तेस्रो स्थानमा रहे । कार्यक्रममा सहभागीमध्ये २२ जनाले ३०० किमी रेञ्जभन्दा बढी निकाल्न सके ।
यसै कार्यक्रममार्फत उत्कृष्ट तरिकाले ईभी चलाई अधिकतम रेञ्जका आधारमा विद्युतीय इन्धन खपत गर्न सक्ने उत्कृष्ट सहभागीहरुलाई श्रेष्ठताको आधारमा वर्गीकरण गरी कम्पनीको तर्फबाट विभिन्न आकर्षक पुरस्कार एवम् प्रशंसा पत्र प्रदान गरिएको थियो । प्रथम स्थान प्राप्त गर्न सफल सुवास खड्का ज्यु ले सम्मान पदक र प्रमाण पत्रका साथ सामसुंग स्मार्ट एलईडि टिभी जिते ।
त्यसै गरी दोश्रो स्थानमा रहेका गोपाल शर्माले सामसङ ओभेन जिते । तेश्रो स्थानमा रहने सुवोध भट्टराईले एयर फ्रायर जित्न सफल भए ।
















‘अवसरको झोला’ अभियानमार्फत मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरूको भविष्यमा लगानी
बाग्मती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन
अर्थविद् केशव आचार्यको निधन
निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँ ः गृहमन्त्री अर्याल
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया