एनआइसी एशिया बैंकले गर्याे ब्याजदर परिमार्जन

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले ब्याजदर परिमार्जन गरेको छ । माघ महिनाका लागि सार्वजनिक ब्याजदरकाे आलोचना भएपछि बैंकले ब्याजदर परिमार्जन गरेको हो ।
बैंकले व्यक्तिगत मुद्दती अन्तर्गतको खाताहरुको ब्याजदर घटाएको हो । एनआइसी एशिया बैंकले सर्वश्रेष्ठ मुद्दती खाताको ब्याजदर ११ प्रतिशत कायम गरेको छ । यसअघि बैंकले सार्वजनिक गरेको व्याजदरमा ११.४२ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
साथै बैंकले मासिक निक्षेप खाताको पनि ११ प्रतिशत ब्याजदर कायम गरेको छ । यसअघि बैंकले ११.४२ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । त्यस्तै बैंकले सर्वश्रेष्ठ रेमिट्यान्स मुद्दती निक्षेपको ब्याजदर पनि १२.४२ प्रतिशतबाट परिमार्जन गरी १२ प्रतिशत कायम गरेको छ ।
साथै तीन महिनादेखि ५ वर्षसम्म अवधिको लागि व्यक्तिगततर्फ ११ प्रतिशत र संस्थागततर्फ ९ प्रतिशत ब्याजदर कायम गरेको छ । यसअघि बैंकले यसै खाता अन्तर्गत व्यक्तिगतमा ११.४२ र संस्थागततर्फ ९.४२ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया