मंगलबार, चैत १०, २०८२

भृकुटीमण्डपमा पहिलो अन्तर्राष्ट्रिय उर्जा र फार्मेसी प्रर्दशनी सुरु

मेरोन्यूज २०७९ माघ ६ गते १२:५७

काठमाडौं । आज देखि काठमाडौंको भृकुटीमण्डपमा “नेपाल इलेक्ट्रिक पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनी” तथा “नेपाल फर्मा एन्ड हेल्थ” प्रदर्शनी सुरु भएको छ । माघ ८ गतेसम्म चल्ने यो प्रदर्शनी नेपालको पहिलो, एकमात्र र सबैभन्दा बृहत् अन्तर्राष्ट्रिय उर्जा र विद्युत, औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित प्रदर्शनी भएको आयोजकहरुले बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

मिडिया स्पेस सोलुसन्स (एम.एस.एस.) का साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रा. लि. (इ.टि.एस.आइ.पि.एल.) तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रा. लि.को संयोजकत्वमा यो प्रर्दशनी आयोजना सुरु भएको हो ।
स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीहरुको स्टल तथा यस क्षेत्रमा कार्यरत व्यवसायी तथा संस्थाहरुको प्रर्दशनीमा सहभागिता रहेको छ ।

प्रतिक्रिया