शाहरुख खानका फ्यानको धम्की- २५ जनवरीमा आत्महत्या गर्छु

शाहरुख खानको फिल्म पठान रिलिज हुन अब केही दिन मात्रै बाँकी छ । यतिबेला शाहरुख फिल्मको प्रचारप्रसारमा ब्यस्त छन् । यसैबीच उनका एक फ्यानले याे फिल्म पठान हेर्न नपाए आत्महत्या गर्ने बताएका छन् ।
उनले चलचित्रको टिकट किन्न आफुसँग पैसा नभएको चलचित्र हेर्ने ठूलो रहर रहेको भन्दै भिडियो सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
पोखरीको किनारमा उभिरहेको अवस्थामा ति व्यक्तिले भिडियो बनाइरहेका छन् । भिडियोमा उनले भनेका छन्, ‘मसँग फिल्मकाे टिकट किन्न पैसा छैन तर म यो फिल्म हेर्न चाहन्छु, म शाहरुख खानको ठूलो फ्यान हुँ, यदि उहाँ मलाई भेट्न अाउनुभएन र याे फिल्म हेर्न पाइन भने २५ जनवरीमा यसै पाेखरीमा हाम फालेर अात्महत्या गर्ने छु । प्लिज कसैले मलाई पठानको एक टिकट किनिदिनुहोस्।’
यो भिडियो सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भइरहेको छ ।
पठान चलचित्र यही जनवरी २५ मा रिलिज हुँदैछ । चलचित्रको टिकट अग्रिम बुकिङ सुरु भइसकेको छ । चलचित्र समीक्षक तथा ट्रेड एनालिस्ट तरण आदर्शले सामाजिक सञ्जालमा पोष्ट गर्दै अहिलेसम्म फिल्मको करिब एक लाख १७ हजार टिकट बिक्री भइसकेको जानकारी दिएका छन् ।















यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभाव: यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया