आइतबार, मंसिर ७, २०८२

सारा अली खानलाई डेट गर्दैछन् क्रिकेटर शुभमन गिल ?

मेरोन्यूज २०७९ माघ ७ गते ११:१४

भारतिय क्रिकेटर शुभमन गिल यतिबेला निकै चर्चामा छन् । हालै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको थियो, जसमा क्रिकेट मैदानमा शुभमन गिलको अगाडि फ्यानहरू ‘सारा, सारा, सारा…..’ कराउँदै देखिएका थिए । शुभमन गिल र अभिनेत्री सारा अली खानबीच केही न केही चलिरहेको छ भँन्ने फ्यानहरूले अनुमान गर्न थालेका छन् ।

पञ्जाबी अभिनेत्री सोनम बाजवाले यो कुरालाई थप हवाइ दिएकी छिन् । अभिनेत्रीले एउटा ट्विट सेयर गरेकी छिन्, जसमा उनी ‘सारा’ को नाम अर्कै ढंगले लिएकी थिइन् । 

सोनम बाजवा र शुभमन गिलको एउटा भिडियो ट्वीटरमा भाइरल भइरहेको छ, जसमा दुवै हात मिलाउँदै गरेका देखिएका छन् । यो भिडियोमा फ्यानहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । कोही सोनमलाई शुभमनसँग जोडिरहेका छन् भने कोही उनको मित्रताको बारेमा सोधिरहेका छन् तर सोनमले आफ्नो र शुभमनबीच त्यसतो केही नभएको स्पष्ट पारेकी छिन् ।उनले बरु शुबमन गिल र सारा अली खानबीच केहि लिनु-दिनु भएकाे बताएकी छन् ।

उक्त भिडियोलाई रिट्वीट गर्दै सोनमले लेखेकी छिन्, ‘यो सारा को सारा झुठ हो।’ यससँगै सोनमले हाँसेको इमोजी समेत राखेकी छिन् । 

प्रतिक्रिया