सोमबार, चैत ९, २०८२

सिभिल बैंकको नाफा २६.३९ प्रतिशतले वृद्धि

मेरोन्यूज २०७९ माघ ७ गते १२:०८

काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। दोस्रो त्रैमाससम्ममा बैंकले गत आर्थिक वर्ष भन्दा २६.३९ प्रतिशत बढी नाफा कमाएको छ । यस अवधिमा बैंकले ६३ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको हाे। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५० करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

Advertisement
nepal life insurencenepal life insurence

यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २५ करोड २२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको खुद ब्याज आम्दानी ५३.९० प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ३७.४२ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३८ पैसा बढेर १४ रुपैयाँ ४ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.६७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ९६ पैसा रहेको छ।

प्रतिक्रिया