कुमारी बैंकको नाफा १ अर्ब बढी, प्रतिसेयर आम्दानी घट्याे

काठमाडौं । एनसीसी बैंकसँग मर्ज गरेको कुमारी बैंकको चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा खुद नाफा ६ प्रतिशत बढेर १ अर्ब १ करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९५ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ६१.६४ प्रतिशत बढेर ४ अर्ब २४ करोड रुपैयाँ, सञ्चालन नाफा १५ प्रतिशत बढेर १ अर्ब ५७ करोड रुपैयाँ र वितरणयोग्य मुनाफा २२ करोड ४४ लाख रुपैयाँ पुगरेकाे छ ।
बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड रुपैयाँ, जगेडा कोष १२ अर्ब ५ करोड रुपैयाँ, निक्षेप संकलन २ खर्ब ९९ अर्ब रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ ।
गत वर्षको समीक्षा अवधिमा प्रतिसेयर आम्दानी १२.९४ रुपैयाँ रहेको बैंकको अहिले सोही अवधिमा प्रतिसेयर आम्दानी घटेर ११.६७ रुपैयाँ रहेको छ ।
बैंकको मूल्य आम्दानी अनुपात १६.२८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४७.१७ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा बढेर ३.१५ प्रतिशत पुगेको छ ।
















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया